कृषिका लागि त्रिपुरेश्वरमा माटो परिक्षण गरियो

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २४, २०७१

images (6)
धादिङ त्रिपूरेश्वर फागुन २४ । धादिङको उत्तरी विकट गाउँ विकास समिति त्रिपुरेश्वरमा आज माटो परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय धादिङ र रेशमी एग्रो सेन्टर धादिङवेसीको संयुक्त आयोजनामा कृषि सेवा केन्द्र त्रिपुरेश्वर, खहरेमा माटो परीक्षण गरिएको हो ।
माटो परीक्षण कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय धादिङका प्रा.स. छवी गुरुङ, रेशमी एग्रो सेन्टरका सुभाष रेशमीमगर, कृषि सेवा केन्द्र त्रिपुरेश्वरका प्रा.स.द्धय कुलबहादुुर गुरुङ र तिलक बहादुर पाण्डेले माटो परीक्षण गर्नुभएको थियो ।
माटो परीक्षणमा त्रिपुेश्वर, आगिन्चोक र सल्यानकोट गाउँ विकास समितिका विभिन्न स्थानहरुको नमुना संकलन गरिएको भक्तबहादुर रेशमीमगरले जानकारी दिनुभयो ।