एमाओवादी धादिङले काठमाडौ मान्छे लान गाउँ–गाउँ गाडी पुर्यायो

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १५, २०७१

partyधादिङ । सहमति आधारमा संघिय संविधान निर्माणको लागि आन्दोलनरत एकीकृत माओवादी सहितको ३० दलिय मोर्चाले भोली काठमाडौमा जनप्रदसन गर्ने भएको छ ।
२ लाख मान्छे खुल्ला मञ्च क्षेत्रमा उतार्ने गरि गरिएको तयारी अनुसार एमाओवादी धादिङले जिल्लाका विभिन्न क्षेत्रहरुमा रिजर्भ गाडी पुगि सकेको बताएको छ । एमाओवादी धादिङका जिल्ला समितिका सचिव धनबहादुर बुर्लाकोटीका अनुसार जोगीमारा मजिम्टार, चरौदीबजार, बेनिघाट, सलाङघाट, माछाबजार मलेखु महादेवस्थान अर्चले, गजुरी, पिडा, आदमघाट, बैरेनी, चैनपूर, ढोला, र खरीको लागि साँध भञ्ज्याङमा आजै गाडी पठाई सकिएको छ ।
त्यसैगरि मुरलीभञ्ज्याङ, ज्यामरुङ, नलाङ, कल्लेरीको लागि २८ किलो मासटार, केउरेनी घाटबेसी, ससाह, खाल्टे, धादिङबेसीमा भोली बिहानै गाडी पठाउने तयारी भएको समेत सचिव बुर्लाकोटीले बताउनु भयो । यस्तै खहरै धुँवाकोट, ताल्ती महादेवस्थान, सिम्ले दामेचौर तसर्फु, गोगनपानी, नौविसे, केवलपूर छत्रेदेउराली थाक्रे लगायतका ठाउहरुमा रिजर्व गाडी पूगि सकेको बताईएको छ । भोलि बिहान ७ देखि ८ बजे सम्ममा सबै गाडिहरु काठमाडौ हिड्ने हुनाले आन्दोलनमा सरिक हुन चाहने महानुभावहरुलाई आ–आफ्नो पाएक पर्ने ठाउँबाट रिजर्व चड्न आव्हन गरिएको एमाओवादी धादिङ जनाएको छ ।