देशभक्ति

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १५, २०७१

– दिवाकर रिमाल
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि
हराभरा हुनुपर्ने उजाडिादै गयो किन ?
प्रकृतिको धनी पनि बेसहारा भयो किन ?
नभएको जुटाउनेले भाको पनि लुटेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि

गरिव देशका सिमित मान्छे धनाड्यमा चिनिसके
खरको झुप्रो भर्खर छोडि ठूला महल किनिसके
कालो धन्दा गर्नेहरुको उल्टै कवास फूटेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि

जनता र नेताबीच सधैं फटो आएपछि
छिनमै सबै विर्सिदिन्छन् पहिले कसम खाएपछि
नेता ठिकमा आउलान् बलल जनताले कुटेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि

देश धनी छ भन्ठान्छन् रे भत्ता खान पाएपछि
बोलेको सब बिर्सिदिन्छन् सत्ताा जान पाएपछि
के-के हुन्छ थाहा पाउाछौ हामलाई रिस उठेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि

एउटा कुरा ख्याल गर है तिम्री आमा रोइन् धेर
यस्तै हुादै गयो भने हत्या हुन छैन बेर
अरुको नि हुन्न मायाा आफ्नो भाग्य फूटेपछि
ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि
असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि