सरस्वती उमाविमा अनेरास्ववियु क्रान्तिकारी गठन

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १३, २०७१

धुवाँकोट । धुवाँकोट गाउँ विकास समितिमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालय धुवाँकोटमा अनेरास्ववियु क्रान्तिकारी विद्यार्थीको मुल ईकाई समितिका गठन गरिएको छ ।
आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अनेरास्ववियु क्रान्तिकारी धुवाँकोटका अध्यक्ष रामप्रसाद सापकोटाको सभापतित्व र एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी धादिङका सचिवालय सदस्य सोम्बोले तामाङको प्रमुख आतिथ्यतामा २५ सदस्यीय मुल ईकाई समितिको गठन गरिएको धुवाँकोटबाट सुमन अधिकारीले जानकारी दिनुभयो ।