फोहोर मैला व्यवस्थापन सचेतना कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ९, २०७१

मुरली भञ्ज्याङ । ससाह हाम्रो साझा चाहना सभ्य एवम समुन्नत समाजको परिकल्पना भन्ने मुल नाराका साथ आज नीलकण्ठ ८ ससाहमा वातावरण सरसफाई सचेतना तथा फोहोर मैला व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको छ । फोहोरमैलाको व्यवस्थापन भए मात्र आफ्नो गाउँ समाज सभ्य तथा एक परिवर्तनको सूचक बन्न सक्छ, भन्ने उद्देश्यका साथ उक्त नीलकण्ठ ८ ससाहका टोलसुधार समाज समितिले सो कार्यक्रम गरिएको हो ।
टोल सुधार कार्यक्रममा बोल्नुहुदै नीलकण्ठ नगरपालीकाका प्रतिनिधि तथा वडा नं. ९र १० का सयुक्त सचिव भुवल विश्वकर्माले आफ्नो टोल समाज सुधार गर्नका लागि सवै एक जुट भई लागि परे मात्र एक समुन्नत समाज तथा परिवर्तनमुलक सामाज बन्न सक्ने बताउनुभयो । समाजमा सकारात्मक सोंच जाने कार्यमा कुनै पनि किसिमको राजनितिकीकरण हुन नहुने समेत उहाँको भनाई थियो । ससाह टोल सुधार समाज नीलकण्ठ ८ ससाहका अध्यक्ष तेज बहादुर सिल्वालको अध्यक्ष्यतामा भएको सो कार्यक्रममा साधारण सदस्यता प्राप्त गरेका सदस्यहरुलाई प्रमाण प्रत्र वितरण गरिएको थियो । त्यसै गरि कार्यक्रममा विभिन्न स्थानियबासी तथा विभिन्न मिडियाका सञ्चार कर्मीहरुको सहभागिता रहेको थियो ।
स्थानीय स्तरमा रहेका सबै मानिसहरुमा सरसफाई सम्वन्धी सचेतना फैलाउने अभिप्रायका साथ आफूहरुले सरसफाई कार्यक्रम आयोजना गरेको ससाह टोल सुधार समितिका अध्यक्ष तेजबहादुर सिलवालले बताउनुभयो ।
नगरपालिका स्थापना भएपछि मानिसहरुको बसोबास बाक्लिदै गएको कारण सचेतना फैलाउनु फोहोर व्यवस्थापनको सजिलो उपाय भएकोले आफुहरु त्यस अभियानमा लागेको अध्यक्ष सिलवालको भनाई थियो । सरसफाई कार्यक्रममा सहभागि स्थानीयहरुले समेत सबै सहभागिहरुले फोहोर व्यवस्थपनको लागि आ–आफ्नो ठाउँबाट सचेतना फैलाउने प्रतिवद्धता जाहेर गरेका थिए ।