धादिङ । जिल्ला स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट खेल अन्तर्गत धादिङ निर्वाचन क्षेत्र ३ को खेल आईतवार सम्पन्न भएको छ । धादिङ क्षेत्र नं ३ का माध्यामिक विद्यालयहरुले भाग लिएको खेलकुद प्रतियोगितामा आादर्श उच्च मावि १ सय १० अङक ल्यएर प्रथम, जनकल्यान उमावि बैरेनी १ सय ४२ अङक ल्यएर दितिय., र चन्द्रोदय उमावि बिशालटार १ सय २३ अङक ल्याई तृतिय भएका छन् । सबै भन्दा बढि नम्बर दिईने खेल भलिबलमा छात्र तर्फ जनकल्याण मावि मासटार प्रथम, कालिका मावि धुषा दितिय र वागेस्वरी उमावि बैरेनी तृतिय भएका थिए । त्यसै गरि छात्रा तर्फ भलिबल प्रतियोगितामा आादर्श उच्च मावि .गजुरी प्रथम, जनकल्यान उमावि बैरेनी दितिय र बागेश्वरी उमावि बैरेनी तृतिय भएका थिए ।
समापन समारोहका प्रमुख अतिथि तथा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीले पुरस्कृत विद्यालयलाई शिल्ड मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । यसै गरि धादिङ २ नं. क्षेत्रको छनौट खेल फल्गुण ७ गते देखि धादिङबेसिमा धादिङ आवसिय उच्च माविले गर्ने भएको ।