चेपाङ विद्यार्थीहरुलाई सहयोग वितरण

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ३, २०७१

जोगिमारा । जोगिमारा गाउँ विकास समिति मझिमटारमा रहेको शंखादेवी उमाविमा कक्षा ६ मा अध्ययन गर्ने २ जना विद्यार्थीहरुलाई सहयोग वितरण गरिएको छ ।
अस्ट्रेलिया निवासी लिङदेन लिङदेनकेनले विद्यालयको विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरी सहयोग गर्नुभएको हो । अस्ट्रेलियाली समाजसेवि फोटो ग्राफर समेत रहेका लिङदेनकेनले त्रिशुली नदी तरेर विद्यालय आउने गरेका विद्यार्थीहरुलाई विद्यालय पोषाक, विभिन्न शैक्षिक सामग्रीदेखी, सोलार प्यानल, सोलर टुकी, नदी वारपार गनेृ आधुनिक किसिमको वीक, रुलर ट्यूब लगायतका साम्रगीहरु समेत वितरण गर्नुभएको थियो ।
गोरखा जिल्लाका भुम्लिङ गाउँ विकास समिति वडा नं. ८ का स्थानीय चेपाङ समूदायका विद्यार्थीहरुलाई जोखिमपूर्ण तरिकाले त्रिशुली नदी तर्नुपर्ने बाध्यता कायमै रहेको छ । नदीमा झोलुङ्गे पुल निर्माण गरेमात्रै स्थानीयहरुको जोखिम कम हुने तिलक चेपाङले बताउनुभयो । यसअघि पनि उक्त नदीमा परी ५ जनाको ज्यान गईसकेको छ । गोरखा र धादिङलाई जोड्ने उक्त स्थान मझिमटारमा झोलुङ्गे पुल निर्माण गर्न नेपाल चेपाङ संघले समेत सम्बन्धीत सरोकारवालाहरुलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ ।