तामाङ घेदुङ पुनरगठन गर्न माग

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ३, २०७१

धादिङ । नेपाल तामाङ घेदुङ संघ धादिङले गजुरी गाउँ समिति गठन गर्दा गाविसको सबै वडाहरु नसमेटिएको भन्दै स्थानीयहरुले आपत्ति जनाएका छन् ।
नेपाल तामाङ घेदुङ संघ गाउँ समिति गठन गर्दा सिमित व्यक्ति र वडाहरुका व्यक्तिहरु मात्रै समेटेर मनोमानी रुपमा गठन गरेको भन्दै स्थानीयहरुले पूनर्गठनको माग गरेका छन् ।
\यसअघि गठन गरिएको समितिको विघठन गरेर गाविसको सबै वडालाई समेटेरे जानुपर्ने स्थानीय कुमार तामाङले बताउनुभयो । स्थानीय स्तरमा गठित तामाङ संघ वडा नं. ४ का संयोजक समेत रहेका तामाङले तामाङ घेदुङ संघले गाविसमा समिति विस्तार गर्न आउने बारे आफूहरुलाई कुनै जानकारी नभएको समेत बताउनुभयो ।