धादिङमा तीन माओवादीले तीन छुट्टा छुट्टै कार्यक्रम गरी मनाए जनयुद्ध दिवस

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १, २०७१

11
2 copyधादिङबेसी । एकीकृत नेकपा माओवादी जिल्ला समिति धादिङले २० औं जनयुद्ध दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
एकीकृत माओवादीले जनयुद्ध दिवसको अवसरमा २०५२ साल फागुन १ गते र जनयुद्धबाट प्राप्त भएको उपलब्धीहरुलाई सम्झँदै कार्यकर्ता र जिल्लामा क्रियाशील पत्रकारहरुलाई टिका लगाई चकलेट वितरण गरी जनयुद्ध दिवस मनाईएको हो ।
एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा धादिङ जिल्ला आन्दोलन परिचालन समितिका संयोजक पुष्पविक्रम मल्लले आज सबै गाउँ विकास समिति र वडाहरुमा समेत विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको जानकारी दिनुभएको छ ।
यसैगरी नेकपा माओवादी विप्लह समूहले धादिङवेसीमा बाजा गाजाको सहितको ¥याली निकाली जनयुद्ध दिवस मनाएको छ । उता मोहन बैद्य नेतृत्वमा रहेको नेकपा माओवादीले भने विचबजार चोकमा दिप प्रज्वलन गरी दिवस मनाएको मनाएको थियो ।
1 copy