रुविभ्याली धादिङको एक प्रतिठित पर्यटन क्षेत्र बन्दै

Avatar photo
Dhadingpost
बिहिबार, माघ २९, २०७१

1धादिङ । पर्यटन व्यवसायीहरू माझ चर्चा र चासोको विषय बनिरहेको धादिङ जिल्लाको गणेश हिमाल क्षेत्रमा रहेको नयाँ पर्यटकीय गन्तव्य रुवीभ्याली क्षेत्रको औपचारिक शुभारम्भको तयारी भइरहेको छ । गणेश हिमाल पर्यटन विकास समितिको अगुवाइमा रुवी भ्यालीलाई नयाँ गन्तव्यको रूपमा शुभारम्भ गर्ने तयारी भएको हो ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएमडीपी) अर्थात सामर्थ नेपालबीच भएको रुवीभ्याली क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने सहमतिअनुसार न्यूनतम पूर्वाधार विकासका काम भएका छन् । रुवीभ्यालीमा आवश्यक पूर्वाधार निर्माण गरेर यो गन्तव्यलाई आगामी अक्टोबर १ देखि खुला गर्ने तयारी भइरहेको गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष कूलबहादुर गुरुङले बताए ।
७ रात ८ दिनको पदयात्रा मार्गसहितका नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न आवश्यक गृहकार्य भइरहेको छ । यो क्षेत्रमा सामर्थकै सहयोगमा करिब ३ करोड २० लाख रूपैयाँ प्राप्त भएको थियो । ६ महिना अगाडि प्राप्त सोही रकमबाट यो क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउने काम भइरहेको छ । पूर्वाधार निर्माणका लागि भएको पहिलो चरणको कामअन्तर्गत ९० प्रतिशत काम सकिएको पनि गुरुङले जानकारी दिए ।
2काठमाडौंबाट स्याफ्रुबेसी–गत्लाङ–सोमलाङमा हुँदै जाने यो पदयात्रा मार्गमा टि हाउस तथा कम्युनिटी लज बनेको उनले बताए । पाल्दोर पीक बेसक्याम्प, पाङसाङ पास, सोमदाङ, तिप्लिङसहित गन्तव्यमा पूर्वाधार बनेको छ । यो पूर्वाधारबाट रुवीभ्याली क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सहज हुने समितिको भनाइ छ । रुवीभ्याली क्षेत्र प्रवेश रसुवाको स्याफ्रुबेसीबाट गत्लाङ, सोमलाङ हुँदै पाङसाङपास भएर गर्न सकिन्छ । तिप्लिङ, चालिस तातो पानी, बोराङ, झार्लाङ, सत्यदेवी, धादिङबेंसीसम्मको पदयात्रा मार्ग सकाएर काठमाडौं आउन सकिने गरी प्याकेज नै बनेको समितिको भनाइ छ । विभिन्न प्याकेज बनाएर यो क्षेत्रको प्रवद्र्धन गर्न सकिने भए पनि अहिलेलाई भने ७ रात ८ दिनको पदयात्रा मार्गको प्याकेज प्रवद्र्धनमा विशेष जोड दिइएको टानले जानकारी दिएको छ ।
3औपचारिक शुभारम्भको तयारीमा छौं– अध्यक्ष
भर्जिन गन्तव्यको रूपमा परिचित रुवीभ्याली क्षेत्रमा पर्यटक पठाउनको लागि योग्य भएको भन्दै औपचारिक शुभारम्भको तयारीमा रहेको गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष कुलबहादुर गुरुङले बताउनु भयो । यस ट्रेकिङ रुट धादिङ तथा छिमेकी जिल्ला रसुवा र गोरखा जिल्लाको पर्यटन प्रवद्र्धन गर्न सहज हुने पदयात्रा मार्गको रूपमा चिनिदै आएको छ । यो पदयात्रा मार्गमा जान चाहने पर्यटकले दैनिक ३५ देखि ५० डलरसम्म खर्च गरेर यात्रा गर्न सक्छन् । टान, समिति, सामथ्र्यसहितका पर्यटकीय संघ–संस्थाको एउटै मात्र उद्देश्य रुवी भ्यालीको प्रबद्र्धन गर्ने र नयाँ गन्तव्यका रूपमा प्रचारप्रचार गर्ने नै हो । रुवी भ्यालीमा न्यूनतम पूर्वाधार विकासका काम भएकाले अब यो क्षेत्रको यात्रामा पर्यटक जान सक्छन् । टानकै नेतृत्वमा यो गन्तव्यको पहिचान गर्ने काम भएको हो । सामथ्र्यको आर्थिक सहयोगबाट गन्तव्य प्रवद्र्धन तथा पूर्वाधार विकासमा उल्लेख्य सहयोग मिलेको छ । from prayatannews.com + radiodhuwakot.com