मैदीमा स्याल आतङ्क पछि फेरि भुस्याहा कुकुर आतङ्क

Avatar photo
Dhadingpost
बुधबार, माघ २८, २०७१

indexमैदी । मैदी गाउँ विकास समिति स्थित वडा नंं ९ छापथोक लगायतका विभिन्न गाउँहरुमा भूस्याहा कुकुरको संख्या अत्याधिक मात्रामा बढेको भन्दै स्थानीयहरु त्रसित भएका छन् । केही समय अगाडि स्यालले सताएको मैदीबासीलाई अहिले भुस्याहा कुकुरले दुःख दिन थालेको स्थानीय पासाङ मगरले बताउनु भएको हो ।
गाउँघरमा साँझ विहान कुकुरले टोक्ने डरले गाउँमा हिड्न समस्या भएको मगरले बताउनुभयो । गाउँभरी नै भूस्याहा कुकुरको विगविगि भएको करण रेविजको संक्रमणको डर बढ्दै गएको स्थानीयहरुले बताएका छन् । मैदीमा १ सय ५० भन्दा बढी भुस्याहा कुकुर रहेको र ति कुकुर नियन्त्रणको लागि स्थानीय स्तरमा पहल गरिरहेको भए पनि सफल हुन नसकेको स्थानीयहरुको भनाई छ ।
केही समय अघि मात्रै स्यालले टोकेर आजित बनाएको स्थानीयबासीलाई केही समय बित्न नपाउँदै भुस्याहा कुकुरले त्रास बढाएको हो । गत पुष महिनामा मात्रै मैदी गाउँ विकास समितिका १४ जना स्थानीयहरुलाई कुकुरले टोकेको थियो ।