धादिङ, हर्कपुर । बेनिघाट गाउँ विकास समिति वडा नं. ३ स्थित हर्कपूर माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले एसएलसी दिन नपाउने भएपछि बढेको तनाव सँगै प्रधानाध्यापकको राजिनामा मारिएको छ ।
विद्यार्थीको भविस्यमाथि खेलवाड गर्ने शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले सम्रक्षण गरेको भन्दै विद्यालयका अभिभावकहरुले प्र.अ. पहलमान श्रेष्ठको राजीनामा मागेका हुन् । आईतवार विद्यालय प्रअ श्रेष्ठको कार्यकक्ष मै पुगेर तत्काल राजीनामा दिन उनीहरुले दवाव दिएका थिए ।
रजिष्ट्रेशन फारम भरी दराजमा थन्क्यायर १८ जना विद्यार्थीेलाई एसएलसीबाट बन्चित गराए पछि जिल्ला शिक्षा अधिकारीलाई स्पष्टीकरण सोध्न र कार्वाहीको माग गर्दा नेकपा एमालेको राजनीतिक दवावमा प्र.अ. श्रेष्ठको गल्ती ढाकछोप गर्न खेजीएको भन्दै अभिभावकहरुले कडा आपत्ती समेत जनाए । उनीहरुले अब प्रअलाई स्कुल नआउन र प्र. अ. बाट राजीनामा दिन भनेका छौ आए भने हामी आफै कार्वाही गर्छौ धादिङपोष्ट लाई बताए । कार्वाही कस्तो हुने कुरा चाहि उनीहरुले बताएनन् ।
केहि दिन अघि अभिभावक सहित नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी, एमाओवादी धादिङ अध्यक्ष रामबहादुर भण्डारी सहितको टोलीलीले तत्काल प्रअलाई कावाही गर्न दवाव दिएका थिए । अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष अर्जुन बहादुर नगरकोटीले हर्कपूरमाविमा देखिएको समस्या जटिल बन्दै गएकोले दुर्घटना हुनु पूर्व नै जिल्ला शिक्षा कार्यलयले बुद्धिमता दुखाउनु पर्ने बताउनु भएको छ ।




