कल्लेरीमा स्यालले टोकेर ४ जना घाईते

Avatar photo
Dhadingpost
सोमवार, माघ २६, २०७१

aaaaधादिङ कल्लेरी । कल्लेरी गाउँ विकास समिति वडा नंं १ का ४ जनालाई स्यालले टोकेर घाईते बनाएपछि उपचार गराउन अस्पताल लगिएको छ । आईतबार दिउसो करिब ४ बजेतिरबाट स्याल गाउँ पसेर मान्छे टोक्दै हिडेपछि स्थानीयहरु त्रसित बनेका थिए ।
स्थानीय हरि नेपाल सहित ४ जनतालाई स्यालले टोकेपछि उनीहरुलाई उपचार गराउन जिल्ला अस्पताल आएकोे कललेरी–१ का कृष्ण खतिवडाले बताउनुभयो । विगत केही समय अगडि एउटा कुकुरले स्थानीयहरुको गोठमा पसेर पशुलाई टोक्दै हिडेको र अहिले फेरी स्यालले मान्छेलाई टोक्दै हिँडेको कारण स्थानीयहरु समस्यामा परेका छन् ।
यसअघि कुकुरले टोकेको गाई भैसीहरु समेत केही मरेको र केही मर्ने अवस्थामा रहेको खतिवडाले बताउनुभयो । पहिले पशु टाक्दै हिडेको कुकुर र अहिले मान्छे टोक्दै हिडेको स्यालले अन्यत्रमा पनि टोकेको हुनसक्ने भएकाले सरोकारवाला निकायले ध्यान दिनुपर्ने अर्का स्थनीय रामशरण सेन्चुरीले बताउनुभयो ।