चौतारी संचार सहकारी, धादिङ संचार सहकारी बन्यो

Avatar photo
Dhadingpost
शनिबार, माघ २४, २०७१

ppधादिङबेसी । चौतारी संचार सहकारी संस्थाको आज धादिङबेसीमा सम्पन्न साधारण सभाले सहकारीको नाम परिवर्तन गरेको छ । ०६८ सालमा स्थापना भएको चौतारी सहकारीमा प्रेस चौतारी निकट पत्रकारहरु मात्र आवद्ध हुदै आए थिए । साधारणसभाले नाम परिवर्तन गरी धादिङ संचार सहकारी संस्था लिमिटेड राखेपछि धादिङमा क्रियाशिल पत्रकारहरु सहकारीमा अबद्धहुने बाटो खुलेको हो ।
प्रेस चौतारी, प्रेस यूनियन र क्रान्तिकारी पत्रकार संघ बीच भएको छलफल अनुरुप सहकारीको नाम परिवर्तन गरि धादिङ संचार सहकारी बनाउने निर्णय गरिएको निर्वाचित कार्यसमितिका एक सदस्यले बताउनु भयो ।
सहकारीकोे नयाँ कार्यसमितिको संचालक समितिको अध्यक्षमा राजेन्द्रकुमार बस्नेत, उपाध्यक्षहरुमा पोषनाथ अधिकारी र अर्जुनप्रसाद खतिवडा चयन हुनुभएको छ । तयसैगरी संस्थाको महासचिवमा मुरारी अधिकारी सचिवमा ठाकुर गुरुङ र कोषाध्यक्षमा तिलक सिंखडा चयन हुनुभएको छ । साधारणसभाले नारायण सिलवाल संयोजक रहेको सहकारी शिक्षा उप समिति, केशव अधिकारी संयोजक रहेको ऋण उपसमिति, राजाराम शर्मा संयोजक रहेको लेखा उपसमिति र शंकर श्रेष्ठ संयोजक रहेको प्रकाशन उपसमितिको समेत चयन गरेको छ ।
सूचना तथा संचार सहकारी केन्द्रिय संघका सदस्य दिपक कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा संस्थाका अध्यक्ष राजाराम शर्माको अध्यक्षतामका सम्पन्न भएको थियो ।