पहलमान श्रेष्ठलाई कारबाहीको माग

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २३, २०७१

pahalmanधादिङबेसी । धादिङ बेनीघाट हर्कपूर माविका १८ जना विद्यार्थीले एसएलसी दिन नपाउने भएपछि अभिभावकहरुले प्रअ. पहलमान श्रेष्ठलाई कार्वाहीको माग गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयमा राजनतिक दलका जिल्ला नेतृत्व समेतलाई लिएर अभिभावकहरु डेलिगेशन पुगेका उनीहरुले विद्यालयका प्रधानाध्यापकको लापरवाहीका कारण आफ्ना छोराछोरीहरुले यस वर्षको एसएलसी परीक्षा दिन नपाएको भन्दै प्रधानाध्यापकलाई जिल्ला शिक्षा कार्यालयले कार्वाही गर्नुपर्ने माग राखेका छन् ।
delikesanमाघ १९ गते विद्यार्थीहरु सहित आएका अभिभावकहरुले आफ्नो माग पुरा नभएको भन्दै पुनः जिल्ला शिक्षा कार्यालय आएर जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकाल सामु पुन डेलिगेसन आएका हुन् ।
आफ्ना छोरा–छोरीहरुको शिक्षामा खेलवाड गर्ने प्रधानाध्यापक माथि कानून अनूरुप कार्वाही गर्न विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लगायत हर्कपूर माध्यमिक विद्यालयका अभिभावकहरु जिल्ला शिक्षा कार्यालय आइपुगेका थिए ।
अभिभावकहरुको डेलिगेशनमा नेपाली काँग्रेस धादिङका सभापति तथा पूर्व सांसद रामनाथ अधिकारी, एकीकृत नेकपा माओवादी धादिङक अध्यक्ष रामबहादुर भण्डारी लगायतका नेताहरु समेत सहभागि हुनुभएको थियो ।
सो कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापनि रामनाथ अधिकारीले विद्यार्थीहरुलाई एसएलसी परीक्षामा सहभागि नगराउने प्रधानाध्यापकलाई चाँडो भन्दा चाँडो कारबाहि गर्न माग गर्नुभएको थियो । यसगरी एकीकृत नेकपा माओवदी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले प्रधानाध्यापक विद्यर्थीको भविश्यमाथि खेलवाड गर्ने पहलमान श्रेष्ठले नक्कली प्रमाणपत्र लिई प्र.अ. बनेकोले छानविन गर्न समेत माग गर्नु भएको थियो ।
जिशिअ ढकालले प्रधानाध्यापक पहलमान श्रेष्ठले कमजोरी गरेकोको आफूमा दुईमत नभएको बताउँदै अभिभावक, विद्यार्थी तथा सबै पक्षहरुबाट प्रधानाध्यापकको विषयमा गुनासो आईरहेको बताउनु भएको थियो ।
विद्यार्थीहरुको रजिष्ट्रेशन फर्म नभराएका कारण हर्कपूर माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले यो वर्षको एसएलसी परीक्षा दिन नपाउने भएका छन् ।