जिएसएम, स्काई पोस्टटपेड र प्रिपेडमा ११ प्रतिशत छुट

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २३, २०७१

tlicomeकाठमाडौं । नेपाल टेलिकमको ११ औं वार्षिकोत्सवको अवसरमा विशेष छुटको व्यवस्था गरेको छ। बिहीबारदेखि कम्पनीले जिएसएम, स्काई पोस्टटपेड र प्रिपेडमा ११ प्रतिशत छुट दिएको छ।
छुट अनुसार प्रतिमिनेट पोस्टपेडमा ८९ पैसा र प्रिपेडमा १ रुपैयाँ ३३ पैसा शुल्क लाग्नेछ। त्यस्तै पिएसटिएनमा पनि फागुन महिनाको बिलमा ११ प्रतिशत छुट कम्पनीले दिने भएको छ । कम्पनीको ११ औं वार्षिकोत्सवको अवसरमा ११ प्रतिशत छुट दिएको हो ।
जिएसएम, स्काई फोन पोस्टपेड मोबाइलमा मासिक तीन सय एमबी डाटा माघ २२ देखि फागुन ३० सम्म अवधि रहने गरि निःशुल्क उपलब्ध गराउने भएको छ। कम्पनीले १५ सय १० मा जिएसम स्काइ पोस्टपेडमा खरिदमा फागुन २९ गतेसम्म ३ महिना रहने गरी एक जिबी डाटा निःशुल्क र दुई सयमा जिएसएम स्काइ प्रिपेड खरिदमा २ सय जिबी डाटा ३ महिना रहने गरी निःशुल्क प्रदान गरेको छ। वाइम्याक्स सेवामा पनि २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने घोषणा कम्पनीले गरेको छ।