हत्याको आरोपमा ५ जनालाई किटानी जाहेरी दर्ता

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २३, २०७१

hatya copyधादिङबेसी । रि गाउँ विकास समिति वडा नं. ८ स्थित कलस्योङ खोलामा मृत अवस्थामा भेटिएका दार्खा ८ सल्लेरीका श्यामहादुर तामाङलाई हत्या गरेर फालिएको आरोपमा ५ जना विरुद्धमा किटानी जाहेरी दर्ता भएको छ । जाहेरीमा रि गाउँ विकास समितिका रुद्रराम तामाङ, आमोस तामाङ, ब्रिलामा तामाङ, प्रेमसिंह तामाङ र इन्द्रबहादुर तामाङ नाम किटान गरिएको छ । मृतकका आफन्तहरुले दिएको किटानी जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङमा बिहिबार जाहेरी दर्ता गरेपछि शबको अन्त्येष्टि गरिएको मृतकका आफन्तले बताएका छन् ।
पोष्टमार्टम पछि प्रहरी कार्यालयमा दिन लागेको किटानी जाहेरी प्रहरीले लिन नमान्दा आफन्तले शब बुझ्न मानेका थिएनन् । आफन्तले गरेको संकाका आधारमा ५ जनाको नाममा किटानी जाहेरी दर्ता गरे लगतै शव बुझेका थिए ।
गत १६ गतेदेखी बेपत्ता भएका तामाङ रि गाउँ विकास समितिको तावल र धुसिनी विचको खोल्सीमा खोला नजिकैको एक चिप्लेटीमा शरीरमा कपडा खोलिएको र टोउको फुटेर मृत अवस्थामा फेला परेका थिए । शबको अन्त्येष्टिपछि प्रहरीले आफ्नो थप अनुसन्धानका कार्य अगाडि बढाएको जानकरी दिएको छ ।