जनभावनाको वार्षिक उत्सव तथा रजत जयन्ती सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २३, २०७१

ज्यामरुङ । ज्यामरुङ गाउँ विकस समिति वडा नं. ४ सेरावेसी स्थित जनभावना निमाविको वर्षिक उत्सव तथा रजत जयन्ति विविध कार्यक्रम गरी मनाइएको छ ।
बुधबार र विहीबार दुई दिनसम्म विद्यालयमा विविध कार्यक्रमहरुको आयोजना गरी वार्षिक उत्सव तथा रजत जयन्ती मनाइएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी ढाउन्यको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालय धादिङका सहायक जिल्ला शिक्षा अधिकारी शोभाकर रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानीय समाजसेवी नरेन्द्र तिमल्सिना, स्थानीय कलाकार गोकुल खनाल भूपू शिक्षक, विद्यार्थी लगायतको आतिथ्यता रहेको थियो ।
रजत जयन्तिको पहिलो दिन निमावि स्तरीय साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो । साँस्कृतिक प्रतियोगितामा चण्डेश्वरी निमावि प्रथम, जनभावना निमावि द्धितीय, जनज्योती निमावि तृतीय र शंखादेवी उमावि सान्तोना भएका थिए । सो अवसरमा पहिलो दोस्रो, तेस्रो र सान्तोना हुने समूहलाई क्रमस २ हजार, १५ सय, १ हजार र ५ सय नगद सहित प्रमाणपत्र तथा अन्य शैक्षिक सामग्रिबाट पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । त्यसैगरी विद्यालयको दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।