जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २३, २०७१

धादिङबेसी । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले जिल्ला अस्पताल धादिङबेसीमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
प्रेस चौतारी नेपालको १७ औ स्थापना दिवसको अवसर पारेर जिल्ला अस्पताल धादिङमा बिरामी भएर भर्ना भएका ७ जनालाई विहिबार दुध र फलफूल वितरण गरेको हो ।
दिवसकै अवसरमा जिल्ला अस्पताल धादिङलाई दुई वटा ब्लाङकेट पनि प्रदान गरिएको छ । अस्पतालमा सुत्केरी गराउन आएका महिलाहरुलाई आराम गर्न सहज होस् भन्ने उद्देश्यले ब्लाङ्केट प्रदान गरिएको प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङका अध्यक्ष नारायणचन्द्र सुवेदीले जानकारी दिनुभयो ।