धुषामा भएको आगलागीबाट एमाओवादीका पूर्व गाविस अध्यक्ष सहित चारको मृत्यू

Avatar photo
Dhadingpost
सोमवार, माघ १९, २०७१

चरौंदी । धादिङको धुषा गाउँ विकास समिति वडा नम्बर २ चरौदीमा गए राती करिब १ बजतिर एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ ।
गय राती करिब २ बजेतिर घरमा जडान गरिएको विद्युत सर्ट हुँदा स्थानीय भएर रामप्रसाद थपलियाको घरमा आगलागी भएको थियो । आगलागीमा परी रामप्रसादका छोरा किशोरचन्द्र थपलिया, किशोरचन्द्रका छोरी योजना थपलिया, छोरी ज्वाईं अनिल जिशी, र नातीनि रोजेट जिशीको मृत्यु भएको हो ।
राती सुतिरहेको अवस्थामा एक्कासी आगलागी भएपछि ससुरालीमा पाहुना लाग्न आएका अनिल, माइत आएकी योजना र मामाघर आएका रोजेटको घटना स्थलमै मृत्यु भएको स्थानीय तिलक चेपाङले जानकारी दिनुभयो । आगलागीमा परी किशोरचन्द्रकी श्रीमती कर्णकुमारी थपलिया गम्भीर घाइते हुनुभएको छ । घाइते थपलियालाई उपचारको लागि काठमाण्डौ लगिएको चेपाङले बताउनुभयो । रातीको समयमा घरमा जडा गरिएको विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीले घरमा पुरै क्षती पुगेको छ । आगलागीको कारण घरमा रहेको सुन, नगद रुपैया, लत्ताकपडा तथा खाद्यान्न लगयतको पूरै सामान नष्ट हुँदा ५० लाख भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ । एकीकृत माओवादी धुषा गाउँ समितिका पूर्व अध्यक्ष समेत रहेका मृतक किशोरचन्द्र लगायतका सबैको शव आगोले जलेर चिन्न नसकिने अवस्थामा रहेको एकीकृत नेकपा माओवादी धादिङका सचिव विजय वुर्लाकोटीले बताउनुभयो । मृतक परिवारजनका आफन्त एमाओवादीका नेता कार्यकर्ताहरु समेत घटनस्थलतर्फ आउने काम भैरहेको नेता वुर्लाकोटीले बताउनुभयो । घटना हेर्ने नसकिने अवस्थामा रहेकोले आफूले केहि बोल्न नसकेको समेत उहाँको भनाई थियो । एकीकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य हितकहादुर तामाङ केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल, पूर्व सभासद् शालिकराम जम्कटेल लगायतका नेताहरुले घटनास्थलतर्फ आईरहेको बताइएको छ ।