टुकी नेपालले बनाईदिएको विद्यालय भवन उद्घाटन गरियो

Avatar photo
Dhadingpost
बिहिबार, माघ १५, २०७१

aaaaaaaमाघ १५ ज्यामरुङ । ज्यामरुङ गाउँ विकास समितिमा रहेको लामास्थान निमाविको ५६ औं वार्षिक उत्सव तथा २ कोठे नयाँ भवनको आज पूर्व विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले एक विशेष कार्यक्रमका साथ उद्घाटन गर्नुभएको छ ।
विद्यालयको वार्षिक उत्सव तथा दुई कोठे भवन उद्घाटन गर्नुहुँदै पूर्वविज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सो अजवसरमा बोल्नुहुँदै पूर्व मन्त्री धमलाले एमाले काँग्रेसले जनपक्षिय संविधान नचाहेकोले अझै केही समय शिक्षादेखी अन्य क्षेत्रमा जनताले दुःख पाउनुपर्ने अवस्था आएको बताउनुभयो । एकीकृत माओवादीले उठान गर्दै आएको शिक्षामा आमुुल परिवर्तनको विषय समेत संविधान निर्माण कार्य संगै रोकिएको उहाँले दावी गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाली काँग्रेस र एमालेले देशलाई फेरी द्धन्द्धको दिशामा धकेल्न चाहेको बताउनुभयो । जनताको संविधान प्राप्त गर्ने एमाओवादीको अभियान जारी रहे पनि एमाले काँग्रेसले अवरोध गरिरहेको उहाँको दावी थियो । माओवादीलाई द्धन्द्धमा पठाएर पून टाउँकोको मूल्य तोक्नेगरी एमाले काँग्रेसले पुरानै २०४७ सालको संविधान ल्याउन कसरत गरिरहेको समेत दावी गर्नुभएको थियो ।
कार्यक्रमका विशेष अतिथि टुकी नेपालकन अध्यक्ष कमल सापकोटाले शैक्षिक क्षेत्रको विकासकालागि आफ्नो संस्थाले भरपूर सहयोग गर्दैआएको र लामास्थानमा दुईकोठे भवन सहयोग गर्न पाउदा निकै खुसी भएको बताउनु भएको थियो । टुकी नेपालले जिल्लाको अधिकाँश विद्यालयमा सहयोग गर्दै आईरहेको छ । कार्यक्रममा रेडियो विहानीका स्टेशन मेनेजर नारायण सिलवाल, स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, स्थानीय समाजसेवी, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो ।
टुकी नेपालको सहयोगमा लामास्थान निमाविमा निर्मित २ कोठे भवनमा ५ लाख ५८ हजार ७ सय ७९ रुपैयाँको कुल लागत रहेको विद्यालय स्रोतले जानकारी दिएको छ ।