भारतले गणतन्त्र दिवस मनाउँदै

Avatar photo
Dhadingpost
सोमवार, माघ १२, २०७१

माघ १२ एजेन्सी । भारतमा ६६औं गणतन्त्र दिवस भब्य रुपमा मनाइएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले आज भारतको ६६औं गणतन्त्र दिवसको प्रमुख आतिथ्यता गर्नु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमन्त्रणमा गणतन्त्र दिवसको प्रमुख आतिथ्यता ग्रहण गर्न हिजो ओबामा नयाँ दिल्ली आइपुग्नु भएको थियो । भारतले सुरक्षा व्यवस्था पनि अत्यन्तै कडा बनाइएको छ । कुनैपनि अमेरिकी राष्ट्रपतिले भारतीय गणतन्त्र दिवसमा सहभागिता जनाएको यो पहिलो अवसर हो ।यसअघि, हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्धिपक्षीय वार्तापछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओबामाले भारत र अमेरिका स्वाभाविक सहयोगी भएको बताउनुभएको थियो । दुई मुलुकबीच व्यापाारिक लगानी बृद्धि गरिने भन्दै ओबामाले अमेरिका भारतसँग परमाणु सम्झौताका लागि अघि बढ्न तयार रहेको उल्लेख गर्नुभयो ।