नौ बुँदे सहमति गल्ती भएको नेपालको भनाई

Avatar photo
Dhadingpost
सोमवार, माघ १२, २०७१

madhab nepalमाघ १२ काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा एमालेबीचको नौ बुँदे सहमति गल्ती भएको बताउनुभएको छ । उहाँले सत्तापक्ष दलहरुले संयुक्तरुपमा संवाद समितिमा बुझाएको नौ बुँदे प्रस्ताव हतारमा गरिएकाले अहिले समस्या आएको टिप्प्णी गर्नुभयो ।
प्रेस चौतारीले काठमाण्डुमा गरेको अन्तक्रियामा नेता नेपालले अब सहमतिबाट पछि हट्न नमिल्ने भन्दै सहमतिमै संबिधान जारी हुनुपर्ने बताउनुभयो । नेता नेपालले एमाओवादी र मधेस केन्द्रित दलले जसरी पनि माघ ८ टार्न खोजेको भन्दै त्यसमा उनीहरु सफल भएको बताउनुभयो । अब विजय कुमार गच्छदारले राखेको अन्तिम प्रस्तावबाटै वार्ता सुरु गर्नुपर्ने बताउनुभयो । अबको सहमतिमा गच्छदारको प्रस्ताव बटमलाइन हुनसक्ने नेपालको भनाई छ ।