प्रधानमन्त्रीले विपक्षीसँग वार्ता गर्ने

Avatar photo
Dhadingpost
सोमवार, माघ १२, २०७१

sushil_koirala 22222माघ १२ काठमाडौं । प्रधानमन्त्री सुशिल कोइरालाले विपक्षी दल तथा दलको मोर्चासँग वार्ता थाल्नु हुने भएको छ । संविधान निर्माणका लागि हिजोदेखि प्रक्रिया शुरु गरिएपछि थप असन्तुष्ट बनेका एकीकृत नेकपा माओवादी, मधेसवादी दलहरुसँग आज वार्ता गर्ने उहाँको सचिवालयले जनाएको छ ।
कुन दलसँग कति बजे वार्ता गर्ने भन्ने अहिले नै तय भइनसकेको प्रधानमन्त्रीका पे्रस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । हिजो साँझ बसेको सत्तारुढ दलहरुको बैठकले विपक्षी दलसँग वार्ता गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिने निर्णय गरेको थियो ।