खरीमा किशोरी समुह गठन

Avatar photo
Dhadingpost
सोमवार, माघ १२, २०७१

माघ १२ खरी । महिलाहरुको पाठेघर खस्ने समस्या र समाधान सम्बन्धी गाउँमा जनचेतना जगाउने उद्देश्यले आईतबार धादिङको खरि–३ मैदानमा किशोरी समुहको गठन गरिएको छ ।
मेगातम फाउण्डेशन र जेनेभा ग्लोबलको सहकार्यमा आवज अभियान नेपालले महिलाहरुको पाठेघर खस्ने समस्यालाई लक्षित गरि समुह गठन गरेको हो । ३० सदस्यीय अन्नपुर्ण किशोरी समुहको अध्यक्षमा निर्मला थापा रहनुभएको छ ।
समुहको उपाध्यक्षमा विष्णुकुमारी अधिकारी, सचिवमा नम्रता आले, सहसचिवमा शान्ता तिमिल्सीना र कोषाध्यक्षमा शर्मिला भण्डारी रहनुभएको छ ।