तीन दिने भ्रमणका लागि राष्ट्रपति ओबामा भारतमा

Avatar photo
Dhadingpost
सोमवार, माघ १२, २०७१

काठमाडौं, ११ माघ – अमेरिकी राष्ट्रपति बाराक ओबामा तीन दिने भ्रमणका लागि भारत आइपुगेका छन् । राष्ट्रपति ओबामा आज आइतबार भारत आइपुगेका हुन् ।

India's PM Modi hugs US President Barack Obama as first lady Michelle Obama looks on upon their arrival at Air Force Station Palam in New Delhiदक्षिण एसियाली एक ठूलो राष्ट्र भारतसँग उहाँले थप सम्बन्ध विस्तारका लागि आवश्यक छलफल गर्नुहुने समाचारमा जनाइएको छ ।

स्रोतका अुनसार राष्ट्रपति ओबामा र अमेरिकी प्रथम महिला माइकेल भारतका लागि शनिबार साँझ प्रस्थान गरेका थिए ।

सो भ्रमणका क्रममा राष्ट्रपति ओबामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।

उनले भारतीय राजधानी नयाँ दिल्लीमा अवस्थित महात्मा गान्धीको समाधिस्थल राजघाटमा वृक्षारोपण गर्नेछन् ।

साथै राष्ट्रपति ओबामा सोमबार भारतमा मनाइने गणतन्त्र दिवस विशेष समारोहमा प्रमुख अतिथीका रुपमा सहभागि हुने जनाइएको छ ।

ओबामा दम्पत्ति मङ्गलबार साउदी अरेबिया भ्रमणका लागि प्रस्थान गर्नेछन् । गत शुक्रबार बिहान निधन भएका साउदी अरेबियाका राजा अब्दुल्लाहप्रति श्रद्धाञ्जली अर्पण गर्न उनीहरु त्यहाँ जान लागेका हुन् ।