जनभावनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, माघ १०, २०७१

माघ १० ज्यामरुङ । ज्यामरुङ गाउँ विकास समिति वडा नं. ४ स्थित जनभावना निम्न माध्यमिक विद्यालयमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता समपन्न भएको छ ।
विद्यालयमा गठित ४ वटा सदनको सहभागिता रहेको हाजिरी जवाफमा लालिगुराँस सदन प्रथम, मखमली सदन, द्धितीय र सयपत्री तृतीय भएका थिए । हाजिरीजवाफ प्रतियोगितामा विजयी विद्यार्थी तथा सदनहरुलाई आजै विभिन्न शैक्षिक सामग्रीहरुबाट पुरस्किृत गरिएको विद्यालयका शिक्षक प्रशान्त ढाउन्यले जानकारी दिनुभयो ।
विद्यालयमा आयोजना गरिने हाजिरीजवाफ जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको चौतर्फी क्षमता विकास गर्न सहयोग गर्ने भएकाले विद्यालयले नियमित रुपमा हाजिरीजवाफ तथा अन्य अतिरिक्त क्रियाकलाप गर्दै आएको शिक्षक ढाउन्यको भनाई थियो ।