सहकारीका साधारण सभा सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, माघ ८, २०७१

हिमाल बोहरा ।
माघ ८ आगिन्चोक । आगिन्चोक गाउँ विकास समिति स्थित छापथोकमा रहेको नृसिंह कृषि बहुउद्देश्यीय सहकारीको पाचौं साधारणसभा तथा तेस्रो अधिबेशन आज सम्पन्न भएको छ ।
साधारणसभा तथा अधिबेशनले आर्थिक वर्ष २०७०-०७१ मा ५४ लाख ६४ हजार १ सय २८ रुपैयाँ बराबरको आय व्यय विवरण पारित गरेको छ । सम्पन्न अधिबेशनबाट दिपकबिक्रम शाहको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समितिको चयन गरको छ । समितिको उपाध्यक्षमा देवबहादुरर वसौला, कोषाध्यक्षमा राजन हमाल र सचिवमा लोकेन्द्रकुमार श्रेष्ठ चयन हुनुभएको छ । निवर्तमान अध्यक्ष भीमसेन अधिकारीको संयोजकत्वमा लेखा समितिको गठन गरिएको छ ।
साधारणसभामा स्थानीय वुद्धिजीवि नवराज वसौला, भीमसेनस्थान दलित सहकारी संस्थाका अध्यक्ष हरि विश्वकर्मा लगायतले सहकरीको मूल्य मान्यतामा आधारित रहेर काम गर्न आग्रह गर्दै नव निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।