ल्होसारको अवसरमा फुटबल प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, माघ ८, २०७१

ppppमाघ ८ धुवाँकोट । धुवाँकोट गाउँ विकास समितिमा पनि ल्होसारको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी उपकार संघ धुवाँकोटको आयोजनामा वृहत सांस्कृतिक कार्यक्रम तथा फुटवल प्रतियोगिता गरी ल्होसार मनाइएको हो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रेडियो विहानीका सह स्टेशन मेनेजर ठाकुर गुरुङ लगायत संचारकर्मीहरु स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना दिनुहुँदै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीले उत्पीडनमा परेका तामाङ समूदायको पक्षमा संविधानसभामा दलहरुविच वकालत गरिरहेको भए पनि सत्ता पक्षले पहिचानको मुद्धालाई ओझेलमा पार्न चाहेकोले संविधान निर्माणको काममा ढिलाई भईरहेको बताउनुभयो । सदियौ ंदेखी उत्पीडनमा परेका तामाङ समूदायको अधिकार नयाँ संविधानमा लिपिबद्ध गराउनको लागि सबै तामाङ एक भएर जुट्नुपर्ने बेला आएको समेत उहाँले बताउनु भएको थियो । सो अवसरमा अध्यक्ष भण्डारीले धादिङ जिल्ला खेलकुदको क्षेत्रमा चिनिदै गएकोले सबै पक्षले खेलकुदलाई व्यवस्थित बनाएर लैजानुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी बौद्ध विश्व चक्र शान्ति संघका केन्द्रिय अध्यक्ष शुकबहादुर तामाङ लगायतको आतिथ्यता रहेको थियो । खेलकुद प्रतियोगितामा नवस्टार युवा क्लव सामरी प्रथम भएको थियो । प्रतियोगितामा प्रथम, द्धितीयलाई क्रमश १८ हजार, १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्किृत गरिएको थियो ।