कल्लेरीमा कुकुर आतंक

Avatar photo
Dhadingpost
शनिबार, माघ ३, २०७१

माघ ३ कल्लेरी । कल्लेरी गाउँ विकास समिति वडा नं. १ का विभिन्न गाउँमा बौलाहा कुकुरले भैसी टोकेपछि स्थानीयहरु चिन्तित भएका छन् ।
dog
आज बिहानदेखी स्थानीयहरुको गोठ गोठमा पसेर कुकुरले जथाभावी भैसी टोक्न थालेको स्थानीय कृष्ण खतिवडाले बताउनुभयो । विहानको समयमा मात्रै स्थानीयहरुको ६ वटा भैंसी २ वटा गाईलाई कुकुरले टोकेको खतिवडाले बताउनुभयो । गई भैसी टोक्ने कुकुरको खोजी गरिरहेको भए पनि फेला पार्न नसकेको स्थानीय खतिवडाको भनाई छ । बहुलाहा कुकुरको आशंका गरिएको उक्त कुकुरले स्थानीय अर्जुन अधिकारीको १, श्याम नेपालको १, नवराज खतिवडाको १, अचुत खतिवडाको २, परशुरामको १ गरी ६ वटा भैंसी, जगन्नाथ खतिवडा र सन्तोष खतिवडाको १÷१ वटा गाई गरी ८ वटालाई विहान मात्रै कुरकुरले टोकेको स्थानीय ध्रुव अधिकारीले बताउनुभयो ।

जताततै गाईभैंसी टोक्दै हिडेको कुकुरले अन्य पशुबस्तुलाई पनि टोकेको हुनसक्ने आशंका गरिएको छ । स्थानीय दिर्घायु एग्रोभेटलाई खवर गरेर काठमाण्डौबाट औषधी झिकाउने तयारी भैरहेको स्थानीय ध्रुव अधिकारीले बताउनुभयो । काठमाण्डौबाट औषधी झिकाउने तयारी भईरहेको छ किसान आफैंले पैसा तिर्नेगरी खोप लगाउने तयारी भईरहेको अधिकारीको भनाई थियो ।