बन्द खुलेसँगै बजार र यातायात सुचारु

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २९, २०७१

धादिङवेसी पुस २९ । एकीकृत माओवादीको नेतृत्वको ३० दलिय मोर्चा र बैद्य माओवादीले आयोजना गरेको ताम्सालिङ र नेवा बन्द खुलेको छ । आज बिहानैदेखी बन्द रहेको सदरमुकाम दिउसो ३ बजेदेखी खुलेको हो ।

pppppppppppp
बन्द कार्यक्रममा एमाओवादी, नेकपा–माओवादी तथा संघिय समाजवादी गणतान्त्रिक पार्टी लगायतका पार्टी कार्यकर्ताहरु धादिङका विभिन्न ठाउँहरु महादेववेसी, गजुरी, वेनिघाट, चरौंदी, नलाङ धादिङवेसी लगायतका ठाउँहरुमा बसेर सडक अवरुद्ध गरेका थिए ।
बन्द खुलाउँदै दिउसो धादिङवेसीमा आयोजित कार्यक्रममा बोल्दै एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले बन्द सफल पार्न आम धादिङवासीले सहयोग गरेको बताउनुभयो ।

जिल्लाका सबै उद्योग कल कारखाना शैक्षिक संस्था बन्द गराई सहयोग गर्ने सबै पक्षहरुलाई नेता भण्डारीले धन्यवाद समेत दिनुभएको थियो । कोणसभामा बैद्य माओवादी धादिङका सेक्रेटरी शम्भुकुमार श्रेष्ठले एमाले काँग्रेस लगायतका दलहरुले पुरानै संविधान जारी गर्ने तयारी गरेको भन्दै जनताको पक्षमा संविधान नवने त्यसको प्रतिरोध गर्ने समेत बताउनुभयो ।

मुलुकमा फेरि जनपक्षिय संविधान बन्न नदिने चलखेल बढ्दै गएकोले सहमति र संवादबाट संविधान जारी गर्न दवाव स्वरुप आफूहरु आन्दोलित हुनुपरेको श्रेष्ठको दावी थियो ।