संचार सहकारीको साधारणसभा सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २९, २०७१

sahaधादिङबेसी पुस २९ । सहिद स्मृति संचार सहकारी संस्था लिमिटेड धादिङको पाचौं साधारण सभा सोमबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पुष्पविक्रम मल्लको सभापतित्वमा सम्पन्न सधारण सभामा नेकपा माओवादी विप्लव समुहका नेता मोहन कार्कीको विशेष आतिथ्यता रहेको थियो ।
साधारण सभालाई सुभकामना दिदै नवगठित नेकपा माओवादी विप्लव समुहका नेता मोहन कार्की (जिवन्त) ले माघ ८ गते मुलुकले जनसंविधान पाउँदैन यहि परिस्थितिमा र यहि यथास्थितिवादी दलहरुले बनाएको संविधान जनताले नस्वीकार्ने बताउनु भएको थियो ।
उहाँले विप्लव ले नयाँ पार्टी त्यतिकै गठन गर्नु नभएको बताउँदै आन्दोलनका नयाँ कार्यक्रम केहि दिनमा नै सार्वजनिक गरिने र आन्दोलन ससस्त्र पनि हुन सक्ने बताउनु भएको थियो ।
सभकामना दिदै एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले यो संक्रमणकालिन परिस्थितिमा संचार क्षेत्रको ठुलोहल हुने हुँदा सत्य र तथ्य समाचार प्रवाह गर्नु पर्ने बताउनु भएको थियो ।
संस्थाका महासचिव सुदर्शन खतिवडाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामचन्द्र रेग्मीले आर्थिक प्रतिवेदन पस्तुत गर्नु भएको थियो । अर्थिक वर्ष ०७०–७१मा कुल ज्ञड लाख द्धड हजार ट सय ढद्द कारोवार गरेको यस सहकारीमा ३ सय ९० जना सेयर सदस्य रहेका छन् । यस सहिद स्मृति संचार सहकारीले रेडियो विहानी ९७.६ मेगाहर्ज संचालन र जनमुक्तिमार्ग साप्ताहिक पत्रिका प्रकाशन गर्दै आईरहेको छ ।