भैरवी उच्च माविको अभिभावक भेला सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २९, २०७१

धादिङबेसी पुस २९ । श्री भैरवी उच्च मावि सुनौलाबजारको अभिभावक भेला ससोमबार सम्पन्न भएको छ ।
भेलाले शंकर राना अध्यक्ष रहने गरि ७ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठनका साथै भेलाबाट कृष्णबहादुर सुनार अध्यक्ष रहने गरि ८ सदस्यीय अभिभावक संघको समेत गठन गरिएको छ ।
पृथ्वीबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि सुनौलाबजार स्रोत केन्द्रका विद्यालय निरिक्षक केदार प्रसाद ढकाल, विशेष अतिथि श्रोत व्यक्ति कृष्णराज अधिकारी र स्थानिय राजनीतिक दलहरुका प्रतिनीधीहरुको आतिथ्यता रहेको सुनौलाबजारबाट केशब सिंखडाले जानकारी दिनु भएको छ ।