सल्यानकोट र महादेवस्थानको परिषद सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २९, २०७१

धादिङबेसी पुस २९ । सल्यानकोट गाविसको २३ औं गाउ परिषद सम्पन्न भएको छ । गाउँ विकास समितिका सचिव रुपक अधिकारीको सभापतित्वमा भएको परिषदले आर्थिक बर्ष ०७२-७३ को लागी १४ लाख ३ हजारको बजेट विनियोजन गरेको छ । जसमा परिषदले सडक मर्मतको लागी ३ लाख खाने पानि मर्मतको लागी २ लाख स्वाथ्य तर्फ २ लाख ५१ हजार ५ सय र लक्षित बर्गको लागी ७ लाख १ हजार २५ सय रकम विनियोजन गरेको हो । गाउँ परिषदमा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा धादिङका उप सभापति नारायण तिमिल्सिना, धादिङ उद्योग बाणिज्य संघका सदस्य ईश्वर धरेल, स्थानिय राजनितिक दलका प्रतिनिहरुको आतिथ्यता रहेको थियो ।
यसैगरी महादेवस्थान गाउँविकास समितिको १५ औं गाउँ परिषद सम्पन्न भएको छ । गाउँ विकास समितिका सचिव रमेश न्यौपानेको अध्यक्षतामा हिजो सुरुभएको गाउँ परिषद आज सम्पन्न भएको हो ।
गाउँ परिषदले आर्थिक वर्ष ०७२ र ०७३ को लागि ८० लाख ८६ हजार विनियोजन गरेको हाम्रा सहकर्मी शुम्भु त्रिपाठीले जानकारी दिनु भयो ।