बालविवाह रोकथाम सम्बन्धी कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २९, २०७१

झार्लाङ पुस २९ । धादिङको उत्तरी क्षेत्रमा पर्ने झार्लाङ गाउँ विकास समितिमा सोमबार बालबिवाह रोकथाम तथा न्यूनिकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
झार्लाङ वार्ड न. ३ तरचि चर्च मा आयोजित सचेतना कार्यक्रममा गाविसका सबै वार्डका स्थानिय वासी सहभागि भएको आयोजकले जनाएको छ ।
तातोपानी यूवा क्लव झार्लाङको आयोजना र गाउँ विकास समिति र हिम्स नेपालको सहयोगमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व सुवास विकले गर्नू भएको थियो ।