मोदीलाई उनकै चुनावी क्षेत्रबाट १ किलोमिटर लामो पत्र

Avatar photo
Dhadingpost
सोमवार, पुस २८, २०७१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै संसदीय क्षेत्र वाराणसीका केही ठूला समस्यामाथि उनको ध्यानाकर्षण गराउँन बीटेक अध्ययनरत विद्यार्थीहरुले १ किलोमिटर लामो गुनासो पत्र लेख्न सुरु गरेका छन् ।
पत्र पुरा भइसकेपछि मोदीलाई पठाउने उनीहरुको तायारी छ । उनीहरुले मोदीले यो पत्र पढेपछि उक्त क्षेत्रको विकास योजना निर्माणका साथै तिव्रता दिने विश्वास व्यक्त गरेका छन् ।
सहरमा देखिएका समस्यालाई लिएर रुष्ट बनेका विद्यार्थीहरुले ‘सुरुवात’ नामक संस्थाको ब्यानरमा हस्ताक्षर अभियान चलाएका हुन् । अहिलेसम्म करिब ४ सय मिटर लामो पत्र तयार भइसकेको र यसमा एक हजार मानिसहरुले आफ्ना गुनासा नाम, फोन नम्बरसहित लेखेका छन् ।
उक्त पत्रमा सबैभन्दा बढी स्थानीय प्रशासन र उत्तर प्रदेशको कामकाजलाई लिएर गुनासो गरिएको छ ।