धादिङ पुस २५ । धादिङको गजुरी पिंडा उच्च मा.वि पिडा ५, भिमसेनस्थानको प्रथम वार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ । वि.सं. १९८२ सालमा सस्कृत भाषा पाठ्शालाको रुपमा स्थापित विद्यालयको प्रथम वार्षिक उत्सव कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव सुवेदीको अध्यक्षता तथा पूर्वसभासद् पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा जि.शि.का.का विद्यालय निरिक्षक माधव विक्रम मल्ल, स्रोत व्यक्ति सेर ब. अधिकारी विभिन्न विद्यालयका प्रधानध्यापकहरु, राजनैतीक दलका प्रतिनिधिहरु, संघसंस्थका प्रतिनिधिहरु, शिक्षक विद्यार्थी अभिभावकहरुको उपस्थिति रहेको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक अर्जून खत्रीले स्थापना कालदेखि हालसम्म ९० वर्षको अन्तरालमा भएका स्तरउन्नतीका साथै आर्थिक वर्ष ०६९-०७० र ०७०-०७१ को भौतिक आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त विद्यालयमा वालविकास देखि कक्षा १२ सम्म ५११ जना विद्यार्थी अध्ययनरत रहेको सो अवसरमा जानकारी गराईएको थियो ।
कार्यक्रमको अवसर पारेर विद्यालयमा विभिन्न समयमा भएको अक्तिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरु तथा अनुशासित जेहेन्दार नियमित र सरसफाईयुक्त विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र प्रमाण पत्रद्धारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथि पुष्प विक्रम मल्लले शैक्षिक इतिहास बोकेको नेपालका सवै विद्यालयहरुलाई राज्य ले उचित सेवा सुविधा र आवश्यक शिक्षक दरवन्दीको व्यवस्था गरी शिक्षा क्षेत्रलाई मजबुत बनाउनु पर्ने धारण राख्नुभयो ।
कार्यक्रममा बोल्ने अतिथिहरुले विद्यालय संचालनको लागि आवश्यक पर्याप्त दरवन्दीको व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यान जानुपर्ने बताएको कार्यक्रम स्थलबाट किशोर अधिकारीले बताउनु भयो ।