आज सुरु हुने चितवन महोत्सव कोईरालाले उद्घाटन गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २५, २०७१

sushil_koirala 22222चितवन पुस २५ । चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव–२०७१ आजदेखि शुरु हुँदैछ । माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा आयोजना गरिएको महोत्सवको प्रधानमन्त्री सुुशील कोईरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । चितवन महोत्सवका लागि नारायणी किनार दुलही झै सिंगारिएको छ भने स्टलहरु आकर्षक बनाईएको छ । महोत्सव शुरु हुनु अघि बिहान प्रदर्शनी मैदानबाट विभिन्न साँस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिने मुल आयोजक समितिका संयोजक कल्याण जोशीले जानकारी दिनुभयो । महोत्सवमा पुनः दुई नयाँ कार्यक्रम थपिएको छ । महोत्सवमा सानो चिडियाखाना मिनी जू र डुंगा दौड प्रतियोगिता थप गरिएको हो । महोत्सवमा नयाँ कार्यक्रम हेल्दी बेबी प्रतियोगिता तथा अन्तर्राष्ट्रिय परिसर समेत राखिएको छ । उद्योग वाणिज्य संघ चितवन, जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवमा २० करोड बढीको आर्थिक कारोबार हुने र ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवको आम्दानी नदी संरक्षणमा खर्च गरिने आयोजकले जनाएको छ ।