संवाद समितिको बैठक दिउँसो बस्ने

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २५, २०७१

काठमाडौं पुस २५ । संविधानका विवादित विषयमा आजदेखि फेरि संविधानसभाको संवैधानिक, राजनीतिक, संवाद समितिमै छलफल सुुरु हुने भएको छ । प्रमुख राजनीतिक दलहरुबीच हिजो भएको सहमति अनुसार संविधानसभामा भइरहेको छलफल टुंग्याएर विवादित विषयलाई आजदेखि संवाद समितिमै छलफल गर्न लागिएको हो । त्यसका लागि दिउँसो १ बजे समितिको बैठक बोलाइएको छ । नयाँ संविधानमा सहमति हुन बाँकी रहेका विवाद टुंग्याएर ४ दिनभित्र सहमति जुटाइ प्रतिवेदन पेश गर्न भन्दै संवाद समितिलाई हिजो प्रतिवेदन फर्काइएको हो । पुस २८ गतेसम्म विवाद टुंग्याएर २९ गते बस्ने संविधानसभाको बैठकमा औपचारिक रुपमा सहमतिको प्रस्तावसहितको प्रतिवेदन पेश गर्न सभाध्यक्षले दलहरुलाई आग्रह गर्नुभएको छ ।