एमाओवादी र नेकपा– माओवादीको संयूक्त वक्तव्य

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २२, २०७१

adaddaधादिङ पुस २२ । एकीकृत नेकपा माओवादी र नेकपा– माओवादीले संघिय संविधान निर्माणको लागि कार्यगत एकता गरेर आन्दोलन गर्ने बताएका छन् ।
माघ ८ गते आउन केही दिन मात्रै रहेको बेला पनि जनपक्षिय संविधान नवन्ने स्थिति देखा परेको भन्दै उनीहरुले सहकार्य गरेर आन्दोलन गर्ने आज एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । एकीकृत नेकपा माओवादी धादिङका अध्यक्ष रामबहादुृर भण्डारी र नेकपा–माओवादी धादिङका सेक्रेटरी शम्भुकुमार श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरी एमाओवादीको नेतृत्वमा ३० दलिय मोर्चाले गर्ने आन्दोलनलाई बैद्य निकट नेकपा–माओवादी र बैद्य निकट माओवादीले आयोजना गरेको राज्य स्तरका बन्द हड्तालालाई एकीकृत माओवादीले समर्थन गरेर जाने बताएको छ ।