नीलकण्ठ नगरपालिकाको बजेट सार्वजनिक

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २२, २०७१

2धादिङबेसी पुस २२ गते । ‘रुपातालमा बाँध बनाई मालेपाटनमा सिंचाई गर्ने’ यो नीलकण्ठ नगरपालीका धादिङको आज सार्वजीक गरिएको बुकलेटमा सार्वजनिक गरिएको बुँदा हो ।
हप्ता दिन अघि दलिए सम्यन्त्रले पास गर्दै आज सर्वजनिक गरिएको बजेट तथा नीति कार्यक्रम भित्र पोखारामा रहेको रुपातालमा बाँध लगाई ढोडेबेसी र मालेपाटनमा सिंचाई गर्ने योजना भुलबस बन्यो कि ? पोखरा नगरपालिकाको प्रतिवेदन कपि भएको हो, जे भए पनि यो कमजोरी हो भने यस्तो गल्ती गर्न पाईन्छ ? सार्वजनिक गर्न आउने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा गोविन्दराज पोखरेल ले पनि एकचोटि यो प्रतिवेदन पढ्नु पथ्र्यो । तर पनि नीलकण्ठ नगरपालिकाको चालु आर्थिक वर्ष तथा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमहरु सार्वजनिकीकरण गरिएको छ । आज जिल्ला विकास समितिको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आगामी आर्थिक वर्ष २०७२/०७३ को लागि प्रस्तावित बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरिएको हो । 1
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा गोविन्दराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चालु आर्थिक वर्ष ०७१-०७२ को लागि ८ करोड ५३ लाख ४० हजार अनुमानित बजेट प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष २०७२-०७३ को लागि ११ करोड २६लाख ३२ हजार ५ सय रुपैयाँ अनुमान गरेको छ । जसमा आर्थिक वर्ष २०७२-०७३ को लागि पूजीगत तर्फ ७ करोड ३ लाख ७४ हजार र सामाजिक सुरक्षा अनुदान सहित ४ करोड २२ लाख ५८ हजार ५ सय अनुमान गरेके सार्वजनिक गरेको छ । बजेट सार्वजनिक कार्यक्रमा जिल्लाका सभासदहरु, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, समाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत नगरपालिकाभित्र रहेका सबै पक्षहरुका अगुवाहरुको उपस्थिति रहेको थियो ।