सभामुख नेम्वाङ दवावमा

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २२, २०७१

subas nemwangकाठमाडौं पुस २२ । सहमतिका लागि आफूले दिएको ४ दिने भाका दलहरुले सहमति नगरी टारेपछि संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङ नैतिक दववामा पर्नु भएको छ । ४ दिनभित्रमा सहमति गर्न नसके संविधानसभाले दलहरुलाई कुरेर नबस्ने बताउनु भएका नेम्वाङ अव के गर्ने भन्ने बारेमा आन्तरिक छलफलमा जुट्नु भएको छ । स्रोतका अनुसार दलहरुले आफूहरु सहमतिका लागि छलफलमै रहेको जानकारी नेम्वाङलाई गराएका छन् । आजको छलफलपछि दलहरुले नेम्वाङसँग पनि बैठक गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।