धादिङबेसीमा प्रहरीले गर्यो नागरीक सुनुवाई

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २२, २०७१

prahari copyधादिङ पौष २२ गते । नेपाल प्रहरीको नीति नियमलाई मिचेर काम गर्ने प्रहरीलाई कानुनी कठाघरमा उभ्याउने बागमती अञ्चल प्रहरी प्रमुख सुबोध घिमिरेले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार धादिङबेसीमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा बोल्नु हुँर्दै अञ्चल प्रहरी प्रमुख सुबोध घिमिरेले यस्तो बताउनु भएका हो ।
कार्यक्रममा राजमार्ग क्षेत्रमा राखिएको होर्डिङ बोडहरु, सदरमुकाम धादिङबेसीको सडक पेटीमा राखिएको सामानहरु तत्काल हटाउनु पर्ने, त्रिशुली नदीमा भैरहेको नदी अतिक्रमणलाई नियन्त्रण गर्न प्रशासन तथा जिल्ला प्रहरी कार्यालय धादिङले किन सकेन भन्ने जस्ता प्रश्नहरु सहभागिहरुले गरेका प्रश्न गरेका थिए । जवाफ दिनु हुँदै प्रमुखम जिल्ला अधिकारी बासुदेव घिमिरे र प्रहरी प्रमुख प्रकाश मल्लले राजमार्गमा भैरहेको दुर्घटना तथा नदी अतिक्रमण र बालुवा तस्करी जस्ता क्रियाकलापहरुलाई रोक्ने प्रयास गर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा बागमती अञ्चल प्रहरी प्रमुख सुबोध घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक प्रकाश मल्ल, स्थानिय विकास अधिकारी रुद्र सिंह तामाङ, विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधिहरु, विभिन्न संघ ÷संस्थाका प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुखहरु, महिला मानव अधिकारकर्मीहरु, लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।