सहमतिबाट संघीय संविधान भन्दै आन्दोलन

Avatar photo
Dhadingpost
शनिबार, पुस १९, २०७१

33धादिङबेसी पुस १९ गते । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको आजदेखि देशभर आन्दोलन शुरु भएको छ । ‘सहमतिको आधारमा संघीय संविधानको निर्माण’ भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले दबाब मुलक कार्यक्रम आयोजना गरेको हो ।
धादिङबेसी पुछारबजारबाट निस्केको नारा जुलुस बीचबजारमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य पुष्पविक्रम मल्लले एमाले काँग्रेसले बहुमतको ध्वाँस देखाई सहमतिलाई लत्याउन लागेकाले दवावको लागि आन्दोलन सुरु गरिएको बताउनु भएको थियो ।
उहाँले एमाले काँग्रेस सहमति गर्ने पक्षमै छैनन् त्यसैले मोर्चाले आन्दोलन घोषणा गर्नुपरेको बताउनु भएको थियो ।
त्यसैगरी एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चालाई काँग्रेस र एमालेले अंक गणितिय आधारमा पेलेर लाने सोच लिए भने देशमा ठूलो द्वन्द्वमा विउ रोप्ने बताउनु भएको थियो ।
हिजो देखि परेको अविरल झरीको कुनै प्रवाह नगरी एमाओवादी सहितका मोर्चाका कार्यकर्ताहरुले धादिङमा यो पहिलो प्रर्दशन गरेका हुन् ।
2220150103_125951

20150103_131718

20150103_132231