खहरेमा दुग्ध डेरी सञ्चालनमा आयो

Avatar photo
Dhadingpost
शनिबार, पुस १९, २०७१

त्रिपूरेश्वर पुस १९ । धादिङको त्रिपुरेश्वर गाउँ विकास समिति वडा नम्बर ३ खहरेमा दुग्ध डेरी सञ्चालनमा आएको छ । नेपाल सरकार पशुपंक्षी सेवा विभाग पशुपक्षी बजार निर्देशनालयको सहयोगमा साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिपुरेश्वर खहरेले दुग्ध डेरी सञ्चालनमा ल्याएको हो ।
डेरीमा त्रिपुरेश्वर, आगिन्चोक, सल्यानकोट, ज्यामरुङ लगायत आसपासका गाविसबाट दुघ संकलन गरिने संस्थाका प्रबन्धक सरदचन्द्र दनैले जानकारी दिनुभयो । गाउँमै दुग्ध डेरी सञ्चालनमा आएपछि दुध उत्पादक कृषकहरु खुशी भएका छन । यसअघि गाउँमा दुध संकलनका लागि डेरी नहुँदा यहाँ उत्पादित दुध धादिङबेशी पठाउनु पर्ने बाध्यता यहाँका किसानहरुलाई थियो ।