बेनिघाटको परिषद सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १८, २०७१

धादिङ पुस १८, बेनिघाट । धादिङ जिल्लाको दक्षिण क्षेत्रमा पर्ने बेनिघाट गाउँ विकास समितिको गाउँ परिषद सम्पन्न भएको छ । गाउँ परिषदले आर्थिक बर्ष २०७२ र ०७३ को लागि विभिन्न शिर्र्षकमा बजेट विनियोजित गरेको छ ।
गाउँ विकास समितिका सचिव चुडामणी पुरीकोे अध्यक्षतामा सम्पन्न परिषद्ले आर्थिक वर्ष २०७२र०७३ कोे चालु खर्च तर्फ करिब ११ लाख, पूँजीगत तर्फ ४१ लाख १० हजार र अन्य योजना तर्फ १६ लाख २५ हजार विनियोजीत गरिएको सचिव पुरीले जानकारी दिनुभयो ।
त्यस्तै परिषद्ले आगामी आर्थिक वर्ष २०७२र०७३ का लागी महिला लक्षित ६ लाख ५५ हजार, बालबालिका लक्षित ३ लाख ७५ हजार, जनजाती, दलित ३ लाख ७०हजार, जेष्ठ नागरिक, अपाङगता शिर्षकमा २५ हजार, कृषितर्फ ७ लाख रुपैयाँ विनियोजित गरेको छ ।
गाउँ परिषद्मा जिल्ला विकास समिति धादिङका प्रतिनिधि, गाउँ विकास समितिका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा, पत्रकार तथा स्थानीय दलित समूदायका प्रतिनिधि महिला तथा जनजातिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । स्थानीय स्तरमा आवश्यक विकास निर्माणलार्य ध्यान दिएर सबै पक्षको समझदारीका साथ गाउँ परिषद् सम्पन्न गरिएको गाविस सचिव चुडामणी पूरीले बताउनुभयो ।