विमान खोज्ने क्रममा ४० शव भेटियो

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १५, २०७१

पुस १५ । हराइरहेको एयर एसियाको विमान खोज्ने क्रममा जाभा समुन्द्रमा ४० शंकास्पद शव भेटिएका छन् । जाभा समुन्द्रमा विमानको टुटेफुटेका टुक्राहरुसँगै ४० शवहरु भेटिएका हुन् ।
ति शव एयर एसिया विमानमा सवार यात्रुका हुन् की होइनन् भन्ने एकिन गर्नका लागि अनुसन्धान भैरहेको छ । अधिकारीका अनुसार समुन्द्रमा तैरिरहेको अवस्थामा भेटिएका बस्तुहरु हराइरहेको एयर एसियाकै विमानको भएको अनुमान गरिएको छ ।
आइतबार विहान इण्डोनेसियाको सुराबायाबाट सिंगापुरका लागि १६२ यात्रु लिएर उडेको एयर एसियाको विमान सम्पर्क विहीन भएको थियो ।