गड्यौला पालेर तरकारी खेती

Avatar photo
Dhadingpost
सोमवार, पुस १४, २०७१

gadaulaaधादिङ पुस १४ गते । सिंचाईका लागि त परै जाओस, पिउने पानीको समेत बाह्रै महिना हाहाकार रहने पश्मि धादिङको सल्यानटारका किसान व्यावसायीक तरकारी खेतीमा लागेका छन् ।
तरकारी खेतीका लागि उनीहरुले नयाँ प्रयोगको पनि सुरु गरेका छन् । बाटो हिड्दा गड्यौला देख्दा घिनाउने याहाँका कुमालहरु अहिले घरमै गड्यौला पाल्न हौसिएका छन् । गड्यौलाबाट कम्पोष्ट मल बनाउन सकिने र उक्त मलले पानीको अभाव न्यूनिकरण गर्ने भएपछि उनीहरु तरकारी खेतीमा आकर्षित भएको खवर आजको कान्तिपूरमा छापिएको छ ।