एयर एसियाको बिमान सम्पर्क विहीन

Avatar photo
Dhadingpost
आइतवार, पुस १३, २०७१

पुस १३ भारत । इन्डोनेसियाबाट सिंगापुरको लागि उडेको एयर एसियाको बिमान ट्राफिक कन्ट्रोलसँग सम्पर्क्विहीन बनेको छ । बिमानमा चालक दलका सदस्यसहित १६२ जना छन् । फ्लाइट क्यूजेड ८५०१ स्थानीय समय अनुसार विहान ७ बजेर २४ मिनेटपछि सम्पर्क्विहीन भएको एयर एसियाले पुष्टि गरेको छ । एयर एसियाको बिमान आज ८ बजेर ३० मिनेटमा सिंगापुर आइपुग्नुपर्ने थियो । बिमानको खोजी जारी रहेको छ । खराब मौसमका कारण बिमानले सम्पर्क विहीन हुनु अघि विकल्प रुटको लागि आग्रह गरेको एयर एसियाले जनाएको छ ।