पुरै गाउँ शोकमग्न

Avatar photo
Dhadingpost
आइतवार, पुस १३, २०७१

पुस १३ भारत । भारतको बम्बईमा आलो लागेर ज्यान जाने ५ जना कपिलबस्तुको एकै गाउँका रहेका छन् । कपिलबस्तुको कुशहवा ५ सतभराको बम्बईमा जलेर ५ जन युवाहरुको ज्यान गएको हो । ११ गते राती करिब ३ बजेतिर सुतिरहेको बेलामा आगो लागेर उनीहरुको ज्यान गएको हो । बम्बइृको भिम्ण्डी शहरको रेहनाल मोडवी कम्पाउण्डमा पलाइृको कबाडको काम भईरहेको गोदामम आगो लागेर उनीहरुको ज्यान गएको हो । ज्यान जानेमा सामदेव यादवका २२ बर्षिय छोरा मुननी लाला यादव , पटेश्वरी लोनियाँका छोरा २५ बर्षिय राजु लोनिया , २८ बर्षिय गौरी लोनियाँ, १८ बर्षिय शनिकुर रैदास , ३२ बर्षिय छोरा लौटु मुराउ हुनुहुन्छ । त्यसै गरी बरईपुर ८ का राम दयाल भर को मृत्यु भएको छ भने ५ का निरज चौधरीको अवस्थाको जानकारी हुन सकेको छैन । बाँकी २ जना मृतकको अहिले सम्म नाम र ठेगाना खुल्न सकेको छैन ।